![](https://jalpakhabar.com/wp-content/uploads/2020/09/thumb.jpeg.jpg)
काठमाडौं : अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले शुक्रबार साँझ नै राजीनामा दिने घोषणा गरे ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रियसभा सदस्यमा रिक्त एक सिटमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिस गर्ने निर्णयमा पुगेको सुनाएका थिए ।
राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो तत्कालका लागि बन्द भएको हो । त्यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आयो । उनले साँझसम्म राजीनामा दिने बताइएका हुन् ।
बैठकमा प्रधानमन्त्री ओलीले अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेको भन्दै धन्यवाद दिएका हुन् ।