काठमाडौँ : मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री युवराज खतिवाडको विज्ञताको आवश्यकता सरकारलाई रहेको बताएका हुन् ।

एक मन्त्रीका अनुसार उनले साढे २ वर्ष सरकारमा रहेका खतिवडालाई धन्यवाद दिँदै अबका दिनमा मन्त्रिपरिषद् बाहिरै बसेर सहयोग गर्न पनि आग्रह गरेका हुन् ।

 

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले जाल्पा खबरलाई भने, ‘तपाईंको आवश्यकता अझै पर्छ । आजसम्म क्याबिनेटमा बसेर काम गर्नुभयो ,अब बाहिर बसेर पनि सल्लाह आवश्यक पर्नेछ।

खतिवडाले त्यसको जवाफ दिएनन् । तर आगामी दिनमा मुलुकको अर्थतन्त्र कसरी सञ्चालन गर्ने भन्नेबारे मन्त्रिपरिषदमा प्रस्तुति दिए ।

उनले अहिले अर्थतन्त्र सही ठाउँमा भएको बताएको एक मन्त्रीले बताएका हुन् । खतिवडाले राष्ट्रिय सभामा पुन: मनोनित नभएपछि राजिनामा दिदै छन् ।

राष्ट्रियसभा सा‌ंसदको दुई वर्षे कार्याकाल सकेका खतिवडाले अर्थमन्त्रीका रुपमा थप ६ महिना काम गरेका थिए । सांसद नभएको व्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री हुन नपाउने संवैधानिक प्रावधानका कारण उनी मन्त्रिपरिषद्‍बाट बाहिरिन लागेका छन् । नेकपाले राष्ट्रियसभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

 

Your Views
Related News