काठमाडौं : काठमाडौंका केही ठाउँमा शनिबार बिजुली काटिने भएको छ।

 

 

 

नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली जाने छ ।

बनस्थली, गंगाहल, माछापोखरी, बालाजु बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुलसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।

त्यस क्षेत्रमा विद्युत् आपूर्ति गर्ने विष्णुमती फिडरभित्रको ११ केभी लाइन रिङरोड एरियामा सार्नुपर्ने भएकाल विद्युत् आपूर्ति बन्द गर्नु परेको केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिनु भयो ।

तोकिएको समय अघि नै काम सकिएमा तुरुन्त बिद्युत आपूर्ति सुचारु गरिने रेग्मीले भन्नूभयो।

 

Your Views
Related News