काठमाडौं : चन्द्रागिरि नगरपालिका-१४, नैकापमा हाई इन्टेन्सन लाइनबाट करेन्ट लागेर एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय २९ वर्षीय सुरेन्द्र महर्जन हुन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार चन्द्रगिरि युथ क्लबको निर्माणाधीन भवनमा महर्जनको शुक्रबार उपचारका क्रममा कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा मृत्यु भएको छ ।

प्रहरीका अनुसार हाई इन्टेन्सतन लाइनको मुनि क्लबको भवन बनाइएको थियो । नगरपालिकाको असहमतिका बाबजुद स्थानीय युवाले घर निर्माण गरेका हुन् ।

यसमा वडाध्यक्ष रामहरि बस्नेतको पनि अहमति भए पनि उनले रोक्न पहल नगरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

आक्रोशित स्थानीयले वडाध्यक्ष बस्नेतको घरका सिसा फुटाइदिएका हुन् ।

चन्द्रागिरि युथ क्लबले विना जानकारी सार्वजनिक जग्गामा भवन बनाउँदै थियो । त्यसविरुद्ध स्थानीयवासीले १४ साउनमा वडा कार्यालयमा निर्माण रोक्न भन्दै उजुरी दिएको थियो । तर, वडाध्यक्षज्यूले चासो दिनु भएन । त्यसपछि के गर्ने भनेर सार्वजनिक जग्गा संरक्षण अभियान्ताबीच छलफल चलिरहेको थियो ।

त्यसक्रममा भवन कसरी बनिँदै रहेछ भनेर हेर्न जाने क्रममा घटना भयो । महर्जन त्यहाँ राखिएको भर्‍याङबाट माथि जाँदै हुनुहुन्थ्यो । छतमा हाइ इन्टेन्सन लाइनका कारण मृत्यु भयो।

 

Your Views
Related News