नेपाली बैज्ञानीक महावीर पुन ज्युको जती नै तारिफ गरेपनी सकिदैन। देश कोरोनाको कहरवाट गुज्रीरहेको विषम परिस्थीतीमा राष्ट्रिय आवीष्कार केन्द्रले ७ वटा भेन्टीलेटर मर्मत गरेको छ। यसअघी पनी उक्त केन्द्रले नै कोरोना नियन्त्रमा आवस्यक PPE सेट निर्माण गरेको थियो।

महावीर पुनज्युको वालवाट साभार
यसरी झन्डै १ करोड रुपैंया जति बच्यो नि त | सबैले सकिन्छ भने नयाँ भेन्टिलेटरहरु र अन्य मेडिकलका सामानहरु पनि किन्नु होस् तर पुरानालाई पनि सके सम्म मर्मत गर्नुहोस |देश विदेश जहां हुनुहुन्छ,अझ डक्टर पेशामा कर्यरत हुनुहुन्छ भने तपाईको क्षेत्रवाट गर्न सक्ने सहयोगको राष्ट्रिय आवीस्कार केन्द्र सदैव स्वागत गर्दछ।

शहिद गंगालाल मुटु अस्पतालको ७ वटा बिग्रेका भेन्टिलेटरहरु राष्ट्रिय आविष्कार केन्द्रका स्वयमसेवकहरुले मर्मत गरि राम्रो संग चल्ने बनाए | ति भेन्टिलेटरहरु बनाउनको लागी चाहिने साधारण पार्टपुर्जाहरु त्यहि अस्पतालमा नै रहेछन | यसरी ७ वटा भेन्टिलेटर बनाउनको लागी एक पैसा पनि खर्च भएन | ६ जना भाईको ४ दिनको मिहिनेत मात्र खर्च भयो |

यस्तै कामको लागि भनेर मैले हिजो भारतमा बस्ने नेपालीहरुलाई भेन्टिलेटरको केहि पार्टपुर्जाहरु किनेर पठाई दिन अनुरोध गरेको थिएँ | सित्तैमा मागेको चाहिं होइन | हाम्रो अनुभव अनुसार एउटा बिग्रेको भेन्टिलेटर बनाउन १० हजार रुपैंया देखि ५० हजार रुपैंया सम्मको पार्टपुर्जाहरु फेर्यो भने काम गर्दो रहेछ अथवा अलि कति मर्मत सम्भार गरियो भने हुँदो रहेछ | यसरी अलिकति पैसा खर्च गरेर १५ लाख, २० लाख रुपैंया पर्ने भेन्टिलेटरहरु बन्छन भने किन नबनाउने ??? यसको लागी मदत चाहिन्छ भने राष्ट्रिय आविष्कार केन्द्रले सके सम्म मदत गर्छ
सम्पर्क – 9841592361 – 🙏🙏🙏 Hari Kumar Silwal Rameshore Khanal Pramod Dhakal Santosh Sapkota Bhagawan Koirala Shreedhar Paudel Drona Pandeya Santosh Giri Sanjay Bahadur Singh Thakuri Umesh Kirant

 

Your Views
Related News