पेरिस : इर्लिङ ब्रट हल्यान्डले आफ्नो देशका लागि पहिलो गोल गरे पनि नर्वेलाई शुक्रबार नेसन्स लिगमा हारबाट जोगाउन सकेन।

नर्वे घरमै अस्ट्रियासँग २–१ ले पराजित हुनु पर्यो । अस्ट्रियाले दुई गोल गरेयता आफ्नो देशका लागि तेस्रो खेल खेलिरहेका २० वर्षीय हल्यान्डले एक गोल फर्काएका हुन् ।

बोरुसिया डर्टमुन्डका हल्यान्डलाई विश्व फुटबलका सबैभन्दा प्रतिशाली उदीयमान खेलाडी चिनिन्छ्न। टोटनहमका स्टेभन बर्गवाइनको निर्णायक गोलले अर्को खेलमा नेदरल्यान्ड्सले पोल्यान्डलाई १–० ले हराएको हो । त्यही लिग ए समूह वानको अर्को खेलमा इटाली र बोस्निया–हर्जगोभिनाले १–१ को बराबरी खेलेको हो ।

म्यानचेस्टर सिटीका पूर्व खेलाडी एडिन जेकोले बोस्निया हर्जगोभिनालाई अग्रता दिलाएयता इटालीका लागि स्टेफानो सेन्सीले बराबरी गोल गर्यो । लिग बी समूह टुमा चेक गणतन्त्रले बलियो सुरुआत लिन सफल भएको छ र यसका लागि उसले स्लोभाकियालाई उसकै घरमा सजिलै ३–१ ले हराउन सफलभयो ।

 

Your Views
Related News