पाल्पा : कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न विगत दुई सातादेखि पाल्पामा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो बनाइएको हो ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले शुक्रबार रातिबाट निषेधाज्ञा हटाएर अन्तरजिल्ला (सीमा) कडाइ गर्दै आन्तरिक गतिविधिमा खुकुलो गरेको जानकारी दिएका हुन।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले आन्तरिक गतिविधिलाई खुला गर्ने निर्णय गरे पनि सार्वजनिक सवारी साधन चलाउन मनाइ छ।

निजी सवारी साधनलाई भने जोर बिजोर प्रणाली अनुसार चल्न दिइने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो ।

सबै सवारी साधनलाई बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म चलाउन रोक लगाइएको हो । यस्तै, स्वास्थ्य सामग्रीसँग सम्बन्धित बाहेक अन्य सबै प्रकारका पसलहरु बेलुका ५ बजेदेखी बिहान ७ बजेसम्म बन्द रहने प्रशासनले जनाएको हो ।

जिल्लामा कोरोनाका २२ जना सक्रिय सङक्रमित छन् । १९ जना व्यक्ति होम आइसोलेसनमा रहे ।

जिल्लाबाट पीसीआर परिक्षणका लागि पठाइएको ५ सय जनाको स्वास्वको नतिजा आउन बाँकी रहेको जिल्ला संकट व्यवस्थापन समितिले जनाएको हो । विदेशबाट जिल्ला भित्रिएका भने होम क्वारेन्टाइनमा राखियो।

कोरोना संक्रमित ६ सय २ पुगे पनि ५ सय ७७ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनायो। तीन जनाको कोरोनाका कारण मृत्यु भयो, कोरोना भाइरसको संक्रमण समुदायमा बढ्दै गएता पनि जनजीवन र विकास निर्माणमा परेको असरलाई दृष्टिगत गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जनस्वास्थ्य र सुरक्षाका तोकिएका मापदण्ड अपनाई अर्को सूचना नभएसम्मको लागि निषेधाज्ञालाई खुकुलो बनाइएको छ ।

 

 

Your Views
Related News