धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचार गर्दागर्दै विराटनगर महानगरपालिका ११ बस्ने ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।

,

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार चार वर्षदेखि उच्च रक्तचापको दीर्घरोगी रहेकी संक्रमित महिलालाई भदौ १८ गते प्रतिष्ठानमा भर्ना गरिएको हो । संक्रमित महिलाको मृत्यु शुक्रबार राति भएको छ । योसहित प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या २२ पुगेको हो ।

प्रतिष्ठानको कोभिड अस्प्तालमा भर्ना हुनुअघि उनलाई श्वासप्रश्वासमा कठिनाई हुनुका साथै पेट र छाती दुख्ने समस्या भएपछि विराटनगरको न्यूरो अस्पतालमा गरिएको हो। कोरोना संक्रमणको आशंका गरी स्वास्थ्यकर्मीहरुले स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि भदौ १७ गते विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो।

कोरोना पोजिटिभ पुष्टि भएपछि थप उपचारका लागि प्रतिष्ठानमा रिफर गरिएको थियो । मृतक महिलाको शवको व्यवस्थापन स्वास्थ्य मन्त्रालयको प्रोटोकलअनुसार भइरहेको छ ।

 

Your Views
Related News