परासी : विद्यालयको शिक्षण शुल्क बापतको बक्यौता रकम नतिरेको भन्दै पूर्वी नवलपरासीका एक अभिभावकलाई निजी विद्यालयका प्रिन्सिपलले खुट्टा भाँचिदिएका हुन् ।

विनयी त्रिवेणी गाउँपालिका-६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले आफ्नै विद्यार्थीका अभिभावकलाई कुटपिट गरेर खुट्टा भाँचिदिएका छन् । प्रिन्सिपलको कुटाइबाट ती अभिभावको खुट्टाको जोर्नीको हड्डी खुस्किएको जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी मोहनबहादुर खाँडले बताइयो।

कु्टपिटबाट पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-३ का कृष्णप्रसाद अचार्य घाइते भएका छन् । आचार्यको दाहिने खुट्टा भाँचिएको हो । कुँवरको विद्यालयमा आचार्यका दुई छोराहरु अध्ययन गर्छन ।

साउन २८ गते बक्यौता शुल्क माग गरेपछि आचार्यले कारोना भाइरसको कारण लकडाउन भएको र आफूसँग तत्काल रकम नभएको भनेपछि विवाद भएको हो । रकम तत्काल तिर्न नसकने भनेपछि कुँवरले गाली गलौज गर्दै कुटपिट गरेको घाइते आचार्यका छोरा लक्षण आर्चाले बताइयो । आचार्यको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको हो।

हामी दुई जना दाजुभाइ सरको विद्यालयमा नै पढेका हौं । तीन वर्षअघि एसईई दिने बेलामा अध्ययन गरेको करिब २५ /३० हजार रकम तिर्न बाँकी रहेछ,’ घाइते अभिभावकका छोरा लक्ष्मण आर्चायले भने,‘एकै पटक तिर्न नसक्ने र थोरै थोरै गरेर तिर्छौं भन्दा एक्कासी किनमेलका लागि बजार जाँदा बाटोमा नै हातपात भएको हो ।’

घटना भएको लामो समय हुँदा समेत गाउँघरको झगडा भन्दै प्रहरी समक्ष उजुरी पुगेको थिएन् । तर उपचार खुट्टाको अप्रेसन गर्नुपरेको र उपचार खर्च पनि धेरै लागेपछि अहिले आचार्य परिवार पीडित बनेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा घाईते आचार्यका छोरा राम आचार्यले भदौ ९ गते जाहेरी दर्ता गरेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका सूचना अधिकारी खाँडले प्रिन्सिपल विरुद्ध मुद्दा दर्ता भएको र आरोपितको खोजी कार्य भइरहेको बताए ।

 

Your Views
Related News