रौतहट : दोषीलाई कारबाही र ‘न्याय देउ’ भन्दै निरन्जन, बिजय हत्याकाण्ड संघर्ष समितिले शनिबार चन्द्रनिगाहपुरमा प्रदर्शन गरेको हो। कोभिड १९ को संक्रमणका कारण जिल्लाभरी निषेधाज्ञा जारी रहे पनि संघर्ष समितिले आन्दोलनलाई जारी राखेको छ । प्रदर्शनका क्रममा उनीहरुले प्रहरीविरुद्ध चर्का नारा लगाएका हुन् । 

गरुडा नगरपालीका ८ जिंगडीयाका २० वर्षीय निरन्जन रामको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय बिजय महरालाई पक्रेर हत्या स्वीकार्न यातना दिँदा मृत्यु भएको भन्दै यहाँ दिनहुँ प्रदर्शन भइरहन्छ। निरन्जनको साउन ३१ गते राति घाँटी रेटेर हत्या भएको जानकरी छ। प्रहरीले हत्यामा संलग्न भन्दै गाउँकै ७ जनालाई पक्रेर कर्तब्य ज्यान मुद्दा चलाइसकेको अवस्था हो ।

  • किन गरियो त प्रदर्शन ?:

पीडितले हत्यामा संलग्न भनेर समातेकामध्ये बिजय लगायत ५ जना निर्दोष भनिरहेको अवस्थामा प्रहरीले हत्या कबुल गराउन हिरासतमा यातना दिएर बिजयको मृत्यु भएपछि आन्दोलन चर्किदै छ । घटनामा बिजयलाई यातना दिने प्रहरी ईन्स्पेक्टर नविनकुमार सिंह लगायत ३ जना निलम्बन पनि भइसके।

पीडितले हत्याको निष्पक्ष छानबिन, हत्यामा संलग्न केही फरार रहेकाहरुलाई पक्राउ गर्नुपर्ने, क्षतिपूर्ति, मृतकलाई सहिद घोषणा लगायतका माग राखेर आन्दोलन गरिरहेका हुन् । पीडित परिवारले घटनामा बिजय लगायत ५ जना निर्दोषलाई फसाउन खोजिएको भन्दै अन्यलाई बिना सर्त रिहा गरिनु पर्ने माग गर्दै आएका हुन्। पीडितको जाहेरीमा पनि उनीहरुको नाम नरहेको । संघर्ष समिति संयोजक सोनेलाल रामले मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहने बताउछन ।

बिजयको वीरगन्जमा भदौ १० गते उपचारका क्रममा मृत्यु भएको हो। पोस्टमार्टमका लागि काठमाडौं लगिएको शव जिल्ला आइपुगेको छैन ।

 

 

Your Views
Related News