ताप्लेजुङ : सिरिजंघा गाउँपालिका ७ लुम्लेको तावाखोलामा माछा मार्न गएका दुई युवक बेपक्ता भएका हुन् ।

सिदिङवा गाउँपालिका ७ सुरुमखिम घरभएका ३२ वर्षका सूर्यमान लिम्बु र ३६ वर्षका सुमन लिम्बु हुन।

शनिबार दिउँसो खोलाले बगाएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय गणेश राईले ती युवाहरुलाई खोलाले बगाएको जानकारी दिएपछि प्रहरी चौकी खेवाङबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

प्रहरीका अनुसार स्थानीय र प्रहरीले खोजी गरिरहेको छ।

 

Your Views
Related News