काठमाडौं : अमेरिकी राष्ट्रपति पदको चुनाव नजिकिएको बेला डोनाल्ड ट्रम्प गम्भीर विवादमा फसेका हुन्। युद्धमा मारिएका अमेरिकी सैनिकलाई ‘हरुवा’ र ‘बुद्धु’ भनेपछि अमेरिकी राष्ट्रपति ट्रम्प विवादमा परेका छन् ।

  • कसरी बहिरियो यो कुरा ?

ट्रम्पको यो अभिव्यक्ति सम्बन्धी समाचार सबैभन्दा पहिले ‘द एटलान्टिस’ पत्रिकाले छापेको हो । त्यसपछि एसोसिएटेड प्रेस (एपी) र फक्स न्युजले पनि सो समाचार छापेको छ ।

समाचार सार्वजनिक भएपछि अमेरिकी सेनाका पूर्व सैनिकहरुले ट्रम्पको आलोचना गरेका हुन् । प्रगतिशीप्ल समूह वोटवेट्सले एक भिडियो पोस्ट गरेको छ, जसमा युद्धमा आफन्त गुमाएका परिवारहरुको प्रतिक्रिया सनेटिएको छ ।

एक जनाले ट्रम्पलाई भनेका छन्, ‘तपाईंलाई के थाहा बलिदान के हुन्छ को अर्थ ?’

यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरुले त्यस्तो अभिव्यक्ति नदिएको भनेर खण्डन गरेका छन् ।

तर विश्लेषकहरुले यो विवादका कारण ट्रम्पलाई राष्ट्रपतिमा दोहोरिन समस्या हुने बताएका हुन् ।

द एटलान्टिस पत्रिकाका अनुसार सन् २०१८ मा पेरिसस्थित अमेरिकी सैनिकको स्मारक स्थलमा जाने ट्रम्पको कार्यक्रम थियो तर उनले ‘हारेका मान्छेले भरिएको ठाउँ’ भन्दै उक्त कार्यक्रम रद्द गरेका हुन्।

पत्रिकाले चार स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ट्रम्पले त्यहाँ जाने कार्यक्रम किन रद्द गरे भने त्यतिबेला भारी वर्षा भइरहेको थियो र ट्रम्पलाई बर्षाले आफ्नो कपाल बिग्रिने चिन्ता भयो ।

साथै युद्धमा मारिएका अमेरिकीलाई सम्मान गर्ने कुरा उनले महत्वका साथ लिगेनन ।

त्यतिमात्रै होइन ट्रम्पले बेलेयुवुडमा मारिएका १८ सय अमेरिकी सैनिकलाई बुद्धु पनि भने । यसै युद्धको क्रममा नै पहिलो विश्व युद्धमा जर्मन सेना पेरिसम्म पुग्न सकेनन् । ती दुश्मनलाई रोक्ने ती सैनिकलाई अमेरिकी मरीन कर्प्सबाट सम्मानित गरिएको हो।

 

Your Views
Related News