कोरोना महामारीसँगै रोजगारी गुमाएपछि धेरै युवा स्वदेश फर्किए ,पछिल्ला ५ महिना जसोतसो घरायसी काम गदै परिवारसँग बिताएका छन् । तर, गाउँमा रोजगारी नहुँदा दैनिक जीवनयापनमै समस्या हुन थालेको भन्दै उनीहरूले पुन: विदेशिने सोच बनाउन बाध्य् भएका छन्। भन्छन्, ‘परिवारसँगै बसेर कमाउन पनि पाउने हो भने खुसी भएर बस्ने थियौ।’

रुकुम पूर्व, अर्घाखाँची र पाल्पा – रोजगारीका लागि भारत तथा तेस्रो मुलुक गएकाहरू बिदामा स्वदेश फर्किंदा घर बसाइ छोटो हुने गर्थो । यस पटक अवस्था भिन्न छ । कोरोना महामारीले घर बसाइ लम्बिएको हो।

कोरोना महामारीका कारण रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ मा मात्रै ८० जनाभन्दा बढी भारत तथा तेस्रो मुलुकबाट फर्किएका हुन। रोजगारी गुमेपछि जोखिम मोलेर आएका उनीहरू अहिले आर्थिक समस्याले पिरोलिन थाले छ। गाउँपालिकाले आर्थिक वर्ष ०७६/७७ मा कोरोनाका कारण समस्यामा परेका युवालाई २० हजारका दरले आर्थिक सहायता प्रदान गरेको हो । त्यसमा केही मात्र समेटिए , सहयोग नपाउने युवा विकल्पको खोजीमै छन् । ‘नाकामा लकडाउन छ, नत्र भारत फर्किन हुन्थ्यो,’ स्थानीय बलबहादुर विकले बताउनुभयो ।

स्थानीय सरकारबाट सहयोगको आशा भए पनि काम नपाएपछि विदेशिनुको विकल्प नरहेको बताउँछन् भुमे गाउँपालिका–८ का रामबहादुर रोका । ‘भारत फर्किने अवस्था छैन, गाउँघरमै बसूँ व्यवस्था कसरी हुन्छ खै ।’ भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले सबै बेरोजगारको दिगो व्यवस्थापन गर्ने गरी नीति र कार्यक्रम बनाइएको बताउनुभयो । केही रकमले मात्रै स्वरोजगार नहुने भएकाले व्यवसायमा सहयोग पुग्ने गरी कृषिमा जोड दिइएको उनको भनाइ हो। स्थानीय तहको विवरणअनुसार रुकुम पूर्वमा ५ सय २४ जना भारत तथा तेस्रो मुलुकबाट फर्किएका हुन् ।

अर्घाखाँचीको मालारानी–५ का सन्जु खड्का भारतको दिल्लीस्थित एक कम्पनीमा काम गर्नुहुन्थो। कमाइ घरमा पठाइदिएपछि मात्रै परिवारको गुजारा चल्थ्यो । कोरोनाकै कारण गत चैतमा काम बन्द भयो । एक महिना पर्खिंदा पनि काम सुरु नभएपछि उनी घर आए । ‘यति लामो समय काम बन्द हुन्छ भन्ने लागेको थिएन,’ उनले भने, ‘कमाएको पैसा सकियो अब के गर्ने?। घरमा रासनपानी पनि सकिन लागेको अबस्था छ ।’

 

Your Views
Related News