रुकुम : एक महिला आफ्नो श्रीमानको हत्या गरेको आरोपमा पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा बफीकोट गाउँपालिका–१० की २६ वर्षीया अन्जना पुन बुढा रहेकी हुन् ।

बुढाले गत भदौ १० गते राति घरमै ३६ वर्षीय श्रीमान् भीमबहादुर बुढालाई लाठीले निर्घात कुटपीट गरेर हत्या गरी शवलाई डोकोमा बोकेर भीरबाट फालेको स्वीकार गरेकी हुन् ।

केही दिन अघि श्रीमान् बेपत्ता भएको भन्दै उनी गाउँ गुहार्न पुगेकी हुन् । गाउँवासी मिलेर खोज तलासमा लागेपनि तीन दिनसम्म भीमबहादुरको शव भेटिएन ,चौथो दिन दिउँसो घरदेखि २ सय मिटर दूरीमा पर्ने भीर तल सडेगलेको अवस्थामा भीमबहादुरको शव फेला परेको हो।

रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसी भन्छन्, ‘पति बियोगको पीडा देखाएकी महिलामाथि सुरुमा शंका गर्न पनि गरिएन । दोश्रो दिनदेखि त्यस घरको खानतलासी सुरु भयो । घरमा लिपपोत र श्रीमान सुत्ने गरेको खाट अन्यत्र सारेको रहेछ।’ प्रहरीले त्यसपछि उनलाई शंकाको घेरामा राखेर सोधपुछ गर्दा उनले आफूले हत्या गरी डोकोमा बोकेर भीरमा लगेर फालेको स्वीकार गरेको केसीले जानका हुन् ।

प्रहरीका अनुसार त्यस दिन राति श्रीमान मदिराले मातेर आएको र आफ्नो चरित्रमाथि प्रश्न उठाएपछि आवेसमा आएर हत्या गरेको बयान दिएकी हुन् । उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी केसीले बताउनुभयो।

 

Your Views
Related News