काठमाडौँ : कोरोना संक्रमणबाट २४ घण्टामा थप ९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा २ जना महिला र ७ जना पुरुष रहेको बताउनुभयो ।

मृत्यु हुने महिलामा मोरङका ६४ वर्षीया र झापाका ४५ वर्षीया रहेका हुन् । त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने पुरुषमा मोरङका ४५ वर्षीय, पर्साका ७७ वर्षीय, धनुषाका ३५ वर्षीय, चितवनका ७० वर्षीय र काठमाडौँका ७४, ६८ र ८५ वर्षीय रहेका हुन् ।

यो सँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८९ पुगेको हो ।

 

Your Views
Related News