काठमाडौँ : काकडभिट्टा–इनरुवा रेल मार्ग निर्माणको ठेक्का प्रक्रियामा ठूलो आर्थिक चलखेल भएको भन्दै कांग्रेसका केही युवा नेताहरुले आइतबारदेखि सडक प्रदर्शन थालेका हुन्

उनीहरुले आफ्नो पार्टीको नेतृत्वमा रहेको लेखा समितिको मौनताप्रति आश्चर्य मान्दै भ्रष्टाचारमा संलग्‍न जोकोहीलाई कारबाहीमा ल्याउन माग गरेका छन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठेक्का प्रकृयालाई लिएर १७ गते विज्ञप्ति मार्फत विरोध जनाएका हुन् ।

उनले राष्ट्रिय ढुकुटीबाट करिब ३५ अर्ब रुपैयाँ लगानीमा निर्माण हुने भनिएको थियो ।

तर रेलमार्ग निश्चित ठेकदारलाई मात्रै योग्य बनाएर हचुवाको भरमा ठेक्का दिइ सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका हो ।

 

Your Views
Related News