ताप्लेजुङ : अविरल वर्षाका कारण ताप्लेजुङको सिरिजंघा गाउँपालिका-४ तेल्लोकको नागदेवा लघुजलविद्युत् आयोजनाको पावर हाउसमा झरेको पहिरोमा परी दुईजना सम्पर्कविहीन भएको जानकारी आएको छ ।

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार पावर हाउसमा काम गर्ने ३० वर्षीय राजु लिम्बू र ५५ वर्षीय विष्णुदास थेबे सम्पर्कविहीन भएका छन् ।

इलाका प्रहरी कार्यालय तेल्लोकवाट प्रहरी निरीक्षकको नेतृत्वमा ७ जनाको प्रहरी टोली र स्थानीयसमेत घटनास्थलमा गएको श्रेष्ठले बताएको छ।

पावरहाउस पहिरोले पुर्दा विद्युत् सेवा अवरुद्ध भएको हो। दुई दिनअघि यही तावा खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन।

उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको हो ।

 

Your Views
Related News