काठमाडौं : पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो।

देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको हो ।

उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको हो । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

यस्तै ३० हजार ६७७ जना कोरोना मुक्त भएका हुन् । पछिल्लो २४ घण्टामा १७३६ जना डिस्चार्ज भएका हुन् ।

 

Your Views
Related News