काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौँमा ६२०, ललितपुरमा ३८ र भक्तपुरमा ३८ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

उपत्यकामा एकैदिन उच्च संख्यामा संक्रमित भेटिएको यो पहिलो पटक छ। बिहीबार उपत्यकामा ५७२ जनामा संक्रमण देखिएका हुन् ।

२४ घन्टामा थप ५ जना मर्नुका  साथै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ।

 

Your Views
Related News