भक्तपुर : मध्यपुर थिमि नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका ३ जना मृत फेला परेका हुन् । ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव घरमै फेला परेकाे महानगरीय प्रहरी वृत्त प्रमुख डीएसपी ऋषिराम कँडेलले बताउनुभयो।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले एकै परिवारका तीनजनाको शंकास्पद मृत्यु भएको पाइएको बताउनुभयो । ‘हामीले अनुसन्धान थालेका छौं । यसमा संलग्नलाई पत्ता लगाएर सार्वजनिक गर्नेछौं,’ उनले भन्नुभयो ।

मृतकका भाइ सुनिल अधिकारी घरमा आइपुग्दा घरको दोश्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदिप अधिकारीको शव फेला परेको प्रहरीले बताएको हुन् ।

हत्या केही दिन पहिले भएकाेजस्ताे देखिन्छ । घटना कहिले भएकाे र कसले गरेको भन्ने अनुसन्धान थाल्दै छाैं,’ प्रमुख डीएसपी कँडेलले भन्नुभयो ।

 

Your Views
Related News