चितवन : भरतपुरको सरकारी अस्पतालह्ल ८७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले निकालेको सूचनाअनुसार राति १२ बजेसम्म ५३३ नमुना परीक्षण गर्दा ८७ वटामा संक्रमण पुष्टि भएको उल्लेख छ । संक्रमण पुष्टि भएका सबै चितवनका बासिन्दा छन् ।

सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरेर ७३ जना हुन् । कालिका नगरपालिकाका ६ पुरुष र दुई महिला गरेर आठ जना हुन् । खैरहनीका दुई पहिला दुई पुरुष गरेर चार जना र रत्ननगरका दुई महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चितवनमा भरतपुरमा रहेको चितवन मेडिकल कलेजले पनि कोरोना भाइरसको परीक्षण गर्दछ । जसको नतिजा दिउँसो आउने गर्दछ ।

चितवन स्वास्थ्य कार्यालयको विवरण अनुसार शुक्रबार दिउँसोसम्म संक्रमितको संख्या एक हजार १४९ थियो । संक्रमितमध्ये निको हुनेहरु २९५ जना मात्रै रहेको कार्यालयले जनाएको हो। संक्रमितमध्ये चितवनका १६ जनाको मृत्यु भइसकेको हो । चितवनमा भदौ लागेपछि संक्रमण र मृत्यु बढेको छ ।

 

Your Views
Related News