म्यानचेस्टर : अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको पहिलो वान डे शुक्रबार १९ रनले जितेको हो ।

ओल्ड ट्रायफोर्डमा भएको खेलमा साम बिलिङ्सले आफ्नो पहिलो शतक बनाए पनि त्यो इंग्ल्यान्डको सफलताका लागि पर्याप्त भएन ।

यसअघि अस्ट्रेलियाले पनि खराव सुरुआत लिएको थियो र उसले १ सय २३ रन बनाउँदासम्म ५ विकेट गुमाइसकेको थियो ।

तर अन्त्यमा ९ विकेटमा २ सय ९४ रन बनाउन सफल भए ।

त्यसका लागि मिचेल मार्स र ग्लेन म्याक्सवेलले ठोस १ सय २६ रनको साझेदारी गरेका हुन् ।

 

Your Views
Related News