लन्डन : आर्सनलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा उत्साहवर्धक सहज जित निकालेको छ । यसका लागि उसले यसै सिजन प्रियिमर लिगमा उक्लेको फुलहमलाई ३-० ले हरायो र पूरा तीन अंक बटुल्न सफल भयो ।

आर्सनलका लागि एलेक्जान्डर लेकाजेटले आठौं मिनेटमा सिजनकै पहिलो गोल गर्न सफल भए । त्यसयता ग्याब्रिएल र पिएरे एमिरिक एबमेयाङले १/१ गोल गरे । डेब्युमा ग्याब्रिएलले ४९ औं मिनेटमा गोल गरे भने एबमेयाङले ५७ औं मिनेटमा तेस्रो गोल गर्नसफल भए। मिखेल आर्टेटा व्यवस्थापकमा आएयता आर्सनलको प्रदर्शन सुधारतर्फ अग्रसर छ ।

प्ले अफ फाइनलबाट इंग्लिस फुटबलको माथिल्लो डिभिजनमा आएको फुलहमको घरेलु मैदान बेहोरेको हारपछि उसले पूरा सिजन संघर्ष गर्नु पर्ने देखाएको छ । दुई वर्ष अगाडि पनि माथि उक्लेको फुलहम त्यही सिजन फेरि रेलिगेसनमा परेको थियो ।

 

Your Views
Related News