हे निष्टुरी दैव सधैं कति पिडादायी क्षण दिन सक्या भनेझै भएको छ

सिन्धुपाल्चोक बासिन्दालाई ।

सिन्धुपाल्चोक :  बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोको मारमा परेका छन सिन्धुपाल्चोक बासी। लगातार को वर्षा कारण पहिरो खसेेेको थियो।ठूलो जनधनको क्षति भएको अनुमान गरेको छ।

पहिरोले ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको छ । यस्तै नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता रहेको जानकारी आएको छ।

भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ।

यस्तै सिन्धुपाल्चोककैै जुगल गाउँपालिका वडा नं ५ चनौटेमा पहिरोको कारण केही घर पुरिएको र मानवीय क्षति चाहिँ नभएको खबर आएको छ । पहिरो अझै जान सक्ने खतरा रहेकोले त्यहाँ आसपास रहनु भएको अन्य सबै जनालाइ तत्काल सुरक्षित स्थानमा सार्न र उद्दार कार्यमा जुट्न सबैलाई अनुरोध गरिएको छ।

 

Your Views
Related News