काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुन्दरी भविष्य भएको बताएका हुन् । उनले बालबा लिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभ कामना सन्देश दिनुहुँदै यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको स्पष्ट पार्नुभयो । उनले बालबालिका देशको सबल भवि ष्यका आधार हुन् भन्ने मान्यताप्रति सरकारको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित रहेको चर्चा गर्नुहहो ।

उनले यसअघिको पुस्ताले लामो सङ्घर्षमार्फत जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको चर्चा गँर्दै बालबालिकाको हितमा सरकारले काम गरिरहेको बताए ।प्रधानमन्त्री ओ लीले स्पष्ट पारे, “विकृति, पछौटेपन हटाउने, देशलाई एउटा स्वच्छ, समृद्ध, आधुनिक, सभ्य र पुुर्खाले कल्पना गरे अनुरूप ‘सर्वे भवन्तु सुखिनः’ (सबै सुखी होऊन्)को गन्तव्यमा पु¥याउन सरकार अग्रसर रहेको छ । ”

उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बालबालिकाको भविष्य भएको चर्चा गरे । उनले भने, “यसको सफलता तपाईंहरूको जीवनको सफलतासँग गाँसिएको छ । नकारात्मक र हानिकारक विचार, प्रवृत्ति बाट बच्दै सकारात्मक र सिर्जनात्मक सक्रियता बढाउ नुपर्छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

 

Your Views
Related News