काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ७९ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ३९ हजार नाघेको हो ।

नेपालमा सोमबारसम्म कोरोनाबाट निको हुनेहरुको संख्या ३९ हजार ५ सय ७६ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका हुन् ।

आइतबार नेपालमा कोरोनाबाट १ हजार १ सय ७३ जना निको भए।

यस्तै मुलुकभर कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको हो । हाल सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ३ सय ९३ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले सोमबारको मिडिया ब्रिफिङमा जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा ११ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ८ सय ९२ पुगेको हो । हालसम्म मुलुकभर पीसीआर परीक्षणको संख्या ८ लाख ५१ हजार ४ सय ५ पुगेको मन्त्रालयले जनायो ।

 

Your Views
Related News