चितवन :नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोनजिक सोमबार राति पहिरो जाँदा अवरुद्ध भएको सडककाे पहिरो पन्छाएर दुइतर्फी सवारी चल्न थालेका हुन् ।

चार किलोको पहिरो सफा गरेर दिउँसो साढे २ बजेदेखि दुईतर्फी रुपमा यातायात सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे हो ।

नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुरुपको दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको हो।

पहाड काटिएको ठाउँमा बर्खा लाग्दा हरेक वर्ष पहिरोले दुःख दिने गर्छ ।

 

Your Views
Related News