
राजकुमारसहितको १८ जनाको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने
काठमाडौँ : खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न बहराइनबाट त्यहाँको राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली काठमाडौं आइपुगे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली ल्याएको उक्त विमान बुधबार बिहान ११ बजे काठमाडौं अवतरण गरेको हो ।
यो टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका हुन् ।