काठमाडौँ : काठमाडौं उपत्यकामा एकैदिन ६ सय १८ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

२४ घन्टामा देशभर भने १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, १२ सय ४३ जना डिस्चार्ज भएका हुन् । २४ घण्टामा जम्मा १० हजार ६४१ पीसीआर परीक्षण भएका हुन् ।

 

Your Views
Related News