काठमाडौँ — एउटा इन्जिन र चारवटा बोगीसहितकाे रेल शुक्रबार दिउँसाे २ बजेतिर जनकपुर आइपुगेकाे हो ।

नेपाल रेल विभागका महानिर्देशक बलराम मिश्रले जनकपुर रेल स्टेसन आइपुगेकाे रेलका तस्बिरहरू र भिडियाे सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।

यस्तो छ नेपाली रेल [तस्बिरहरु]

एक इञ्जिन र चारवटा बोगी रहेको रेलको दुई वटा सेट शुक्रबार जनकपुरमा हस्तान्तरण गरिँदै छ । बिहीबार राति भारतको हाजीपुरबाट जयनगर आइपुगेको रेलको दुवै सेट जनकपुर आएपछि भव्य स्वागत गर्ने तयारी छ ।

 

Your Views
Related News