काठमाडौँ — पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ८ सय ५९ कोरोना संक्रमित देखिएका छन् ।

काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ९४ हजार ३ सय ७३ परीक्षणहरु गरिएका हुन् ।

त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ४ सय ५८ पीसीआर परीक्षण भएका हुन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ७३७ जना रहेका हुन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ जना रहेको हो ।

 

Your Views
Related News