• केसी अस्पताल जान नमाने पछि

जुम्ला : चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा अनशन बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था छैटौं दिन बिग्रदै गएपछि चिकित्सहरुले तत्कालै अस्पताल लैजानुपर्ने सुझाव दिएका हुन् ।

डा.केसीलाई २४ सै घण्टा नियमित मनिटर गर्न सकिने ठाउँमा यथाशीघ्र स्थानन्तर गर्नु पर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. प्रवीणकुमार गिरीले बताउनुभयो।

डा.केसी अनशन बसेको छैटौं दिनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै भने प्रतिष्ठानको चिकित्सकको टोलीले दिनमा ३ पटक सामान्य स्वास्थ्य जाँच गरी अस्पताल जान परामर्श दिएका हुन् ।

तर केसीले भने अस्पताल जान र नशाबाट सलाइन लिन मानेनन ।

डा.केसीलाई अहिले चक्कर लाग्ने, मांसपेशी बाउडिने, मुटुको चालमा गडबढी हुने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने भएको छ । पिसाबको मात्रामा कमी भएको र ब्लड प्रेसर क्रमिकरुपमा घट्दै गएको चिकित्सकहरुले जनाए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायतका कार्यक्रमहरु तत्काल सञ्चालन गरिनुपर्ने सहितका मागहरु राखेर डा.केसीले जुम्लामा सत्याग्रह थालेका छन् ।

डा.केसीको अनशनस्थलमा गएर एक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै गएको हो ।

 

Your Views
Related News