काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री शंशांक कोइराला भाइरसको संक्रमणमुक्त भएर घर फार्किएका हुन् ।

 

उनले शनिबार फेसबुकमार्फत स्वास्थ्य अवस्थाको जानकारी दिँदै आफु संक्रमणमुक्त भएको बताउनुभयो।

उनले फेसबुकमा भनेका छन् ,’मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरु, नेता तथा कार्यकर्ताहरु,पत्रकार मित्रहरु, तथा उपचारमा संलग्न डा.

विश्वनाथ कोइरालाको चिकित्सक टिमलाई हृदयदेखी नै धन्यवाद व्यक्त गर्दछु ।
मेरो स्वास्थ स्थितिमा क्रमिक सुधार आएसंगै आजै ॐ अस्पतालबाट डिस्चार्ज भएको छु । चिकित्सकको सल्लाह बमोजिम अब केहि दिन होम आइसोलेशनमै रहने छु ।

 

Your Views
Related News