काठमाडौं : पछिल्लो २४ घण्टामा १३२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो।

देशभरका प्रयोगशालामा ९ हजार ५८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ।

यससँगै कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको हो।

उनीहरुमध्ये ४११ जनाको मृत्यु भएको छ भने ४६ हजार २३३ जना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा मात्र ९६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनायो।

 

Your Views
Related News