काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै काठमाडौं उपत्यकामा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंका ४०, ६० र ६३ वषर्ीया महिला तथा ८२ वर्षका पुरुषको मृच्यु भएको हो ।

ललितपुरकी ७५ वर्षीया महिला र भक्तपुरकी ७२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

 

Your Views
Related News