काठमाडौ : नेपाली काङ्ग्रेसका संस्थापक नेता तथा त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति स्वर्गीय श्री. सुवर्ण शम्सेर जबरा ज्युको सम्झनामा नेपाली काङ्ग्रेस केन्द्रीय खेलकुद विभाग, विश्वविद्यालय खेलकुद संघ र FISU को संयुक्त आयोजनामा पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहोन बहादुर बस्नेतको प्रमुख आतिथ्यमा नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद विभागको परिसरमा रक्तदान कार्यक्रम आयोजना सम्पन्न भएको छ ।

देशमा कोरोना र बाढी पहिरोको प्रभाव बढे संगै रगत अभाव भएको तथ्य बाहिरी रहेको अवस्थामा उक्त समस्यालाई मध्यनजर गरि रक्तदान कार्यक्रम गरिएको विभागका प्रमुख पुर्वमन्त्री बस्नेतले हामीलाई बताउनु भयो ।

 

यस रक्तदान कार्यक्रमलाई पुर्वमन्त्री बस्नेत आफैंले रक्तदानको सुभारम्भ गरि उद्घाटन गर्नुभएको छ भने अरविन्द अधिकारी, साङ दोर्जे शेर्पा, टपेन्द्र बा दर्नाल, महेश बस्नेत, पुर्ण सिं बोहोरा, युधिर पौडेल, भान बहादुर चन्द, सुवास नेपाल, हेमन्त राज दंगोल, राजु कंडेल, मुके शेर्पा, आङ छिरिङ शेर्पा, साजन मोक्तान, आलोक सुवेदी, रत्न प्रसाद अधिकारी, राजेश चौलागाईं, दोङ छिन लामा, ज्ञानेन्द्र थापा, रमेश राज भण्डारी, राज कुमार भण्डारी, गोपाल थापा क्षेत्री, एस बहादुर रोका मगर, सुजन राई, झलक नेपाल, जन सिंह साउद, प्रकाश श्रेष्ठ, रुपकाजी लामा, पमोद तामाङ, बाल कृष्ण बस्नेत, एकेन्द्र मल्ल र दिपक विक्रम थापा गरि ३२ जनाले रक्तदान गर्नुभएको छ ।

उक्त कार्यक्रममा रक्तदान गर्ने लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा विभागका संयोजक पुर्वमन्त्री बस्नेतले धन्यवाद व्यक्त गर्नुभएको छ ।

 

Your Views
Related News