काठमाडौँ : कोरोना संक्रमणबाट २४ घण्टामा थप १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको हो । मन्त्रालयले आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ जना महिला र १३ जना पुरुष रहेको बताउनुभयो ।

मकवानपुरकी १७ वर्षीया, ललितपुरकी ५८ वर्षीया र दोलखाका ५२ वर्षीया गरी ३ जना महिलाको कोरोना संक्रमणले मृत्यु भएको हो।

कोरोनाले काठमाडौँका २ जना ५८ वर्षीय र ७३ वर्षीया, बाँकेका ५० र ५९ वर्षीय , भक्तपुरका ८४ र ६२ वर्षीय, झापाका ७२ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, मकवानपुरका ६८ वर्षीय, ललितपुरका ६१ वर्षीय, चितवनका ५५ वर्षीय र रुपन्देहीका ६७ वर्षीय गरी १३ जना पुरुषको मृत्यु भएको छ।

याेसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको हो।

 

Your Views
Related News