काठमाडौँ : नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी , मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बैठकमा संवैधानिक राजनीतिक नियुक्तिलगायतका एजेन्डामा छलफल हुने भएको छ।

सोमबार बस्न तय भएको बैठक अध्यक्षद्वयको गृहकार्यका लागि भन्दै मंगलबारलाई सारिएको हो । त्यसअघि आइतबार पेरिसडाँडास्थित नेकपाको जनवर्गीय संगठनको कार्यालयमा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे विभिन्न विकल्पमा छलफल भएको छ ।

जारी बैठकमा संवैधानिक राजनीतिक नियुक्तिहरूबारे सरकारबाट निर्णय गर्नका लागि आधार तयार गर्ने, सांगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने, पार्टी संगठन विभागको निर्णयमा छलफल र अनुमोदनको प्रस्ताव, स्थायी र केन्द्रीय कमिटीको रिक्त रहेको सदस्यहरूको पदपूर्ति र कारबाहीमा परेका नेताहरूको कारबाही फुकुवा, केद्रीय कमिटी सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्नेलगायतका एजेन्डामा छलफल हुने भएको छ ।

 

Your Views
Related News