काठमाडौँ : नेपालमा थप ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।

२४ घन्टामा जम्मा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएका छन् । हालसम्म ९ लाख ४४ हजार ४ सय ७४ पीसीआर परीक्षण भएका हुन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १८ सय ९३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४९ हजार ९ सय ५४ जना पुगेको हो ।

 

Your Views
Related News