कपिलवस्तु : वाणगंगा नगरपालिकास्थित भलवार्ड नजिक कोइली खोलाको कजवेमा बुधबार बाढीले गाडी बगाउँदा बेपत्ता भएका एक जनाको शव बिहीबार दिउँसो भेटिएको हो । घटनास्थलदेखि ५ किमि दक्षिण भगलापुर नजिक वाणगंगा खोला किनारमा केशवप्रसाद भाटको शव फेला परेको प्रहरीले जनाएको हो । उनी अर्घाखाँचीको शितगंगा नगरपालिकाका हुन् । उनी नदी तर्न मात्र गाडीमा चढेका थिए ।
विद्युत् प्राधिकरण जीतपुर फ्यूज सेवा कार्यालय जीतपुरका प्रमुख वाणगंगा नगरपालिका ४ का कृष्णप्रसाद पौडेलको शव अझै फेला परेन ।
 

Your Views
Related News