अर्घाखाँची – शीतगंगा नगरपालिका–१२ स्थित कोठिया मैदानको जोख्ले गैरा गाउँका १७ घर पहिरोले बगाएको हो। शुक्रबार दिउँसो एक्कासि पहिरो गएपछि सिंगो बस्ती बगाउँदै गर्दा घरमा बसेका केही मान्छेले भागेर ज्यान बचाएकाे डीएसपी माधव बुढाथाेकीले बताए ।
‘पहिराे गएसँगै ३५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएकाे छ,’ डीएसपी बुढाथाेकीले भन्नुभयो।
भिरालो भूभागको बस्ती भएकाले भासिएर बस्ती पहिरोले बगाएको वडाध्यक्ष बाबुराम गैरेले बताउनुभयो । मानवीय क्षतिको अझै एकिन नभएको उनले बताउनुभयो । ‘उक्त गाउँमा जाँदै थिएँ, एक्कासि पहिरो गयो ।
होहल्ला गरेर भाग्न लगाएँ, म पनि भागेँ । हेर्दाहेर्दै बस्ती बग्यो, धेरै मान्छे भागेर सुरक्षित स्थानमा आएका हुन् ।’ वडाध्यक्ष बाबुराम गैरेले भने । घर पालुवा जनावर पूरै बगाएर लगेको उनले बताए । त्यहाँ कुखुराका कृषि फार्म पनि थिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय ठाडाको प्रहरीको टोली पुगेको हो । पहिरो बगिरहेकाले मानवीय क्षतिबारे एकिन नभएको र घटनास्थलमा जान समस्या भएको घटनास्थलबाट प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनुभयो ।
 

Your Views
Related News