पाल्पा : सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिकाका दर्जन बढी स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । राजमार्गको तिनाउ गाउँपालिका–३ कदमबास, सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका स्थानमा ठूलो पहिरो खसेको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम भुसालले बताउनुभयो ।

रातभरको अविरल वर्षासँगै पहिरो खसेको उनले बताए । तीन दिन अघिदेखिको अविरल वर्षाले पहिरो खसेको हो । सडक डिभिजनसँगको समन्वयमा दुईतर्फबाट डोजर लगाउन सुरु गरिएको हो। पहिरो ठूलो भएको र ठाउँठाउँमा पहिरो खसेकाले सडक खुलाउन समय लाग्ने उनले बताए । बेलुकी ४–५ बजेसम्म पहिरो पन्छाउन सकिने प्रहरीले बताएको छ ।

रातभर वर्षा भएपछि स्थानीय बासिन्दासमेत जाग्राम भएको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए । उनका अनुसार राजमार्ग छेउका अधिकांश घरका बासिन्दा वर्षा ठूलो भएकाले निदाउन पाय एका छैनन्। पहिरो खसेपछि पहाडी क्षेत्रमा आउने सवारी साधन बुटवलतर्फ नै रोकिएको छ भने पहाडबाट तराई भरेका सवारी साधनलाई केराबारी, चर्चरे, जोरधारामा रोकिएको प्रहरीले जनाएको हो ।

 

Your Views
Related News