काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जना कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै ललितपुरका १३२ र भक्तपुरका ३६ जनामा संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा उपत्यकामा थप एक जनाको मृत्यु भएको हो । भक्तपुरकी ५१ वषर्ीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको हो ।

 

Your Views
Related News