काठमाडौ : विश्वभर कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १० लाख नाघेको हो । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म कोरोनाको कारण मृत्यु हुनेको संख्या १० लाख एक हजार ६४६ पुगेको हो ।

कोरोनाबाट मृत्यु हुनेमध्ये सबैभन्दा धेरै अमेरिकामा दुई लाख पाँच हजारभन्दा धेरैको मृत्यु भइसकेको हो । त्यस्तै ब्राजिलमा कोरोनाको कारण एक लाख ४२ हजारभन्दा धेरैको मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोनाबाट ९६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने मेक्सिकोमा पनि ७६ हजारभन्दा बढीको ज्यान गइसकेको हो।

अहिलेसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या पनि तीन करोड ३३ लाख नाघेको हो । सबैभन्दा धेरै संक्रमित फेला परेको अमेरिकामा ७१ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने भारतमा ६१ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको हो । त्यस्तै ब्राजिलमा ४७ लाखभन्दा धेरै संक्रमित भेटिइसकेका छन् । रुसमा पनि ११ लाखभन्दा धेरै संक्रमित फेला परेका हुन् ।

अहिलेसम्म विश्वभर दुई करोड ३१ लाख कोरोना संक्रमित निको भइसकेका हुन् ।

 

Your Views
Related News