म्युनिक : बायर्न म्युनिकले दुई गोलको अग्रता गुमाएर संघर्ष गर्दै बुधबार बोरुसिया डर्टमन्डलाई ३–२ ले हरायो र जर्मन सुपरकप जित्यो । बायर्नका लागि जोसुआ किमिचले ८२ औं मिनेटमा निर्णायक गोल गर्न सफल भयो।

खेलको १८औं मिनेटमा कोरेन्टिन टोलिसोले बायर्नका लागि पहिलो गोल गरे। त्यसपछि ३२‍औं मिनेटमा बायर्नका लागि थोमस मुलरले दोस्रो गोल गरेका थिए । डर्टमन्डका लागि ३९औं मिनेटमा जुलियन ब्रान्ड्टले पहिलो गोल गरे भने ५५औं मिनेटमा इर्लिङ ब्रट हल्यान्डले बराबरी गोल गरे।

बायर्नले यो वर्ष जितेको यो पाँचौं उपाधि छ। बायर्नले यसअघिको खेलमा आइतबार मात्रै होफनहायनविरुद्ध ४–१ को हार बेहोरेको थियो । यससँगै उसको लगातार ३२ खेलको अपराजित यात्रा टुंगेको हो।

बायर्नले यो वर्ष जर्मन लिग र कप, युरापेली च्याम्पियन्स लिग तथा युरोपेली सुपरकप पनि जितिसकेको हो ।

 

Your Views
Related News