काठमाडौँ : ०७२ सालकाे भूकम्पमा भत्किएको रानीपोखरीको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम अन्तिम चरणतिर पुगेकाे हो । यसैबीच बिहीबार बालगोपालेश्वर मन्दिरमा सुनकाे लेपन भएकाे गजुर प्रतिस्थापन गरिएको हो ।

रानीपोखरी पुर्निर्माण उपभोक्ता समितिका सचिव रोशनकाजी तुलाधारले यस वर्षको भाइटीकाबाट रानीपोखरी पूर्ण रुपमा खुला हुने बताएका हुन् । केही साता पहिले पाेखरीमा पहिलाे तहमा पानी भर्ने काम गरिएकाे थियाे ।

 

Your Views
Related News