नेपालमा विगत २४ घण्टामा १,९११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। तीमध्ये जना काठमाण्डू उपत्यकाका तीन जिल्लामा हुन्।

यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७९,७०० नाघेको हो।

सो अवधिमा ११ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बिहीवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख हो।

योसहित नेपालमा अहिलेसम्म ५०९ सङ्क्रमितको मृत्यु भएको देखिन्छ। निको हुने सङ्क्रमितको सङ्ख्या ५७,००० नाघेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ९६१ जना रोगमुक्त भएका छन्।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

बुधवार मन्त्रालयले १,५५९ सङ्क्रमित फेला परेको र सात जनाको मृत्यु भएको जनाएको हो।

गत असोज २ गते एकै दिन २,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

त्यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि थियो।

 

Your Views
Related News