काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिको सदस्यको रुपमा डा. उपेन्द्र कोइरालाले सपथ लिएका छन् । बैंकको सञ्चालक समितिको अध्यक्षता गर्दै आएका सञ्चालक धनीराम शर्मासमक्ष कोइरालाले सपथ लिएका हुन् ।

 

बैंक स्रोतका अनुसार अब बस्ने सञ्चालक समिति बैठकले कोइरालालाई अध्यक्ष चयन गर्नेछ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी रहेका कोइरालालाई नियुक्ति दिएको भन्दै सार्वजनिक आलोचना भएपछि उनी बैंकको सञ्चालक समितिको अध्यक्ष चयन भएका छैनन् ।

आफ्नी एकजना निकट सहयोगीमा कोरोनाभाइरस देखिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू र प्रथम महिला क्वारन्टीनमा बसेको जनाएका हुन्।

उनका ३१ वर्षीय सल्लाहकार होप हिक्समा सङ्क्रमण देखिएपछि राष्ट्रपति र मेलानिया ट्रम्पले आफ्नो परीक्षणको नतिजा पर्खिरहेको बताउनुभयो।

साताको सुरुमा ओहायोमा भएको टेलिभिजन बहसमा ट्रम्प सहभागी हुन जाँदा हिक्स एयर फोर्स वानमा उनीसँगै थिइन्।

मङ्गलवार राष्ट्रपति चढेको उक्त विमानबाट ओर्लंदा हिक्सले मास्क नलगाएको तस्बिर सार्वजनिक भएको हो।

बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्‍यालीमा सहभागी हुन जाँदा राष्ट्रपति चढेको हेलिकप्टरमा उनी अझ नजिक देखिएकी थिइन्।

बिहीवार राति ट्रम्पले ट्विटरमा लेखेका छन्: “छोटो समयको छुट्टि समेत नलिइकनै निकै खटेर काम गर्ने होप हिक्सलाई भर्खर कोभिड-१९ देखिएको छ। खराब भयो!”

“प्रथम महिला र म अहिले परीक्षणको नतिजा कुरिरहेका छौँ। त्यतिन्जेललाई हामीले क्वारन्टीन प्रक्रिया सुरु गर्नेछौँ।”

क्वारन्टीनले दोस्रो राष्ट्रपतीय बहसको आयोजनालाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन।

दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टोबरलाई तय गरिएको हो। बिहीवार राती फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले आफू र श्रीमती ट्रम्पले ‘धेरै समय होपसँग बिताउने गरेको’ बताए। हिक्सले प्रायजसो मास्क लगाउने गरेको बताउँदै ट्रम्पले भने: “हेरौँ के हुन्छ।”

 

Your Views
Related News