काठमाडौ : पाटन उच्च अदालतबाट २०७६ मंसिर १६ गते १५ लाख जरिवाना सहित जेल सजाया सुनाईएका नेपाल सरकारका सभामुख अग्नि सापकोटाका भाई चौतारा सागाचोकगढी नगरपालिका वडा नं ४ कुविन्डे निवासी रमेश सापकोटालाई बैकिङ कसुर गरेको अभियोगमा प्रहरी निरीक्षक रमेश लामाको टोलीले यही असोज १४ गते पक्राउ गरेको छ ।
निज अभियुक्तलाई राजनीतिक आडमा सिन्धुपाल्चोक प्रहरीले हालसम्म पक्राउ गर्न सकेको थिएन भने अहिले पनि उक्त अभियुक्तलाई जेलमुक्त गर्न सभामुख अग्नि सापकोटा र उनको भतिजो ने क पा को केन्द्रिय सदस्य माधव सापकोटा “सुवोध” लागिपरेको खबर बाहिरीएको छ ।
खानी निर्माण सेवाका प्रोपाईटर रत्न गौतमको बैनी ज्वाइँ पर्ने अभियुक्त रमेश सापकोटाले विद्यालय र सडक निर्माण जस्ता विकास निर्माणका कामहरुमा मापदण्ड अनुसार काम नगरेको र कामदार तथा श्रमिकहरुलाई भुक्तानी नदिएको स्थानीय जन गुनासो रहेको छ ।
 

Your Views
Related News