सुनसरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत धरान उपमहानगरपालिका–३ का एक कोरोना संक्रमितको मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ६४ वर्षीय पुरुषको मंगलबार बिहान ४ बजेर २० मिनेटमा मृत्यु भएको छ ।
उनका अनुसार विगतमा क्षयरोग भएका ती व्यक्ति पछिल्लो समय मधुमेहले पनि पीडित थिए । खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि प्रतिष्ठानमा भर्ना गरिएका उनको असोज १२ गते पीसीआर जाँच गरिएको थियो । रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि सोही दिन कोभिड–१९ अस्पताल लगिएको थियो ।
यसैबीच मंगलबार बिहान मात्र धरान उपमहानगरमा थप ४६ जनामा कोरोना पुष्टि भएको हो ।
उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमितहरूको विवरण लिएर उनीहरूको सम्पर्कमा आएकाको कन्ट्याक्ट टेसिङ गर्ने काम भइरहेको हो ।
 

Your Views
Related News